सनराइज बैंकले स्विट्जरल्यान्डबाट वैदेशिक ऋण भित्र्याएको छ । बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर जेनेभाको सिम्बायोटिक एसएबाट एक करोड ८६ लाख अमेरिकी डलरबराबरको दुई अर्ब ३७ करोड रुपैयाँ वैदेशिक ऋण भित्र्याएको हो ।
देशमा तरलता अभाव रहेकोे अवस्थामा तीन वर्षका लागि प्राप्त उक्त वैदेशिक ऋण भित्र्याउँदा हालको अवस्थामा आर्थिक गतिविधिलाई प्रोत्साहन मिल्ने बैंकले जनाएको छ । उक्त रकम बैंकले आफ्नो लघु र साना तथा मझौला उद्योगीहरूलाई ऋण विस्तार गर्ने कामका लागि प्रयोग गर्ने जनाइएको छ ।
उक्त ऋण रकमले बैंकको तरलता समस्या केही हदसम्म समाधान गर्न मद्दत पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ । सिम्बायोटिक एसएले सन्राइज बैंकको आर्थिक सूचकांक, बैंकमा विद्यमान व्यापार गर्ने शैली तथा तरिका, पारदर्शिताका साथै देशको विद्यमान आर्थिक सूचकांकलाई समेत मध्यनजर गरी उक्त ऋण प्रदान गरेको जनाइएको छ ।