कमल थापाले सर्वोच्चमा \'गाई\' माग्दै भोलि आफैँ बहस गर्ने

बिहिबार, ३० असार, २०७९
डिजिटल संस्करण

राप्रपा नेपालले चुनाव चिह्न 'गाई' माग्दै सर्वाेच्च अदालतमा मुद्दा दायर गरेको छ। बिहीबार दर्ता भएको रिट निवेदनमाथि सुनवाइ हुने भएको छ।  मुद्दाको पेसी भोलि शुक्रबारका लागि तोकिएको छ।

शुक्रबारको पेसीमा बहस गर्न स्वयं अध्यक्ष थापा कमल सर्वाेच्च जाने भएका छन्। यसको जानकारी दिँदै थापाले ट्विट गर्दै भनेका छन्, 'संविधान र कानुनले 'गाई' चिह्न निषेध गरेको छैन। विगतमा राप्रपा नेपालले 'गाई' लिएर जनतामा गएको सर्वविदितै छ। राप्रपा नेपाललाई 'गाई' नदिने निर्वाचन आयोगको निर्णय कानुनविपरीत र स्वेच्छाचारी छ। यससम्बन्धी मुद्दाको भोलि पेसी छ। म आफैँ बहस गर्न जानेछु। सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास छ।'

सुझावित समाचार