सुदूरपश्चिममा प्रतिपक्षीद्वारा प्रदेश सभा बैठक बहिष्कार, बजेटमाथिको छलफल अनिश्चित

सोमबार, २७ असार, २०७९
डिजिटल संस्करण

प्रतिपक्षी दलका प्रदेश सांसद उपस्थित नभएपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक सोमबार पनि स्थगित भएको छ । सभामुख अर्जुनबहादुर थापाले प्रतिपक्षी दलको कुर्सीमा कुनै पनि सदस्यको उपस्थिति नभएको भन्दै बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको घोषणा गरे । बजेटमाथिको छलफलका लागि दिउँसो तीन बजे संसद् बैठक बोलाइएको थियो । 
    
बजेटको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमाले तथा प्रतिपक्षमा रहेका जनता समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका सांसदहरूले बैठक बहिष्कार गरेका हुन् । प्रतिपक्षीको बहिष्कारसँगै प्रदेश सरकारले ल्याएको बजेटमाथिको छलफल अनिश्चित बनेको छ । यसअघि सत्तापक्षकै सांसदले बजेटको विरोध गरेपछि बजेटमाथिको छलफल सुरु हुन सकेको छैन ।

कार्यव्यवस्था परामर्श समितिमा सत्तापक्षका सांसदले बजेट संशोधन हुनुपर्ने अडान राख्दा यसअघि पाँचवटा बैठक स्थगित गरिएका थिए । सोमबार भने सत्तापक्षमा बैठक सञ्चालन गर्ने सहमति भएको थियो ।  

सुझावित समाचार