आजको माैसम : देशभर पूर्ण बदली रहने, पानीले जलमग्न झापा

मंगलबार, १४ असार, २०७९
डिजिटल संस्करण
आजको माैसम : देशभर पूर्ण बदली रहने, पानीले जलमग्न झापा

तस्बिर : चिरञ्जीवी घिमिरे

आज देशभर सामान्यदेखि पूर्ण बदली हुनेछ । जल तथा मौसम पूर्वानुमान शाखाले दिएको जानकारीअनुसार अहिले  प्रदेश १ को झापामा भारी वर्षा मापन गरिएको छ । पछिल्लो ६ घन्टा झापाको भद्रपुर, बिर्तामोड,  शनिश्चचरेआसपास भारी वर्षा मापन भएको  र थप वर्षा हुने पूर्वानुमान रहेकाले मेची, बिरिङ, निन्दा, केर्खा र आसपासका साना नदीमा एक्कासि बहाव  हुन सक्ने, तटीय  क्षेत्रमा सतर्कता अपनाउन पनि शाखाले सचेत गराएको छ । 

यस्तै, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। कर्णाली र मधेस प्रदेशका एक–दुई स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

देशैभर भारी वर्षाको पनि सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow)को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन शाखाले सबैमा आग्रह गरेको छ । 

सुझावित समाचार