यौन हिंसाको उजुरीमा हदम्याद हटाउन निरन्तर दबाब

शनिबार, २१ जेठ, २०७९
डिजिटल संस्करण

महिला तथा बालिकामाथि हुने यौनजन्य अपराधको घटनामा उजुरीका लागि हद म्याद राख्ने कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गर्दै शनिबार पनि काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन भएको छ । पीडाको कुनै हदम्याद हुँदैन भन्ने मूलनारासहित सो प्रदर्शन गरिएको हो । 

सडकमा पलेँटी कसेर बसेका प्रर्दशनकारीहरूले पीडकलाई कडा कारबाही र पीडितलाई उचित क्षतिपूर्तिसहितको व्यवस्था सरकारले नगरेसम्म आफूहरूको आन्दोलन जारी रहने चेतावनी समेत दिएका छन । त्यस अवसरमा उनीहरूले ‘दया होइन, न्याय दे’, ‘हामी चुप लागेर बस्दैनौँ’, ‘पीडाको कुनै हदम्याद हुँदैन’, लगायत लेखिएको प्लेकार्डसहित 
प्रदर्शन गरेका थिए ।  

सुझावित समाचार