पेट्रोलियममा मूल्यवृद्धिको छानबिन गर्न अधिकारसम्पन्न संसदीय समिति बनाउन एमालेको माग

शुक्रबार, २० जेठ, २०७९
डिजिटल संस्करण

प्रमुख प्रतिपक्ष दल एमालेले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको छानबिन गरी प्रतिवेदन पेस गर्न अधिकारसम्पन्न संसदीय समिति बनाउन माग गरेको छ। शुक्रबारको प्रतिनिधिसभा बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मूल्यवृद्धिको छानबिनका लागि संसदीय समिति बनाउन माग गरेका हुन्।

संसदीय समितिले मूल्यवृद्धि घटाउन र अब बढ्न सक्ने खतराबाट मूल्यवृद्धिलाई नियन्त्रण गर्नका लागि सुझाव पेस गर्ने उनले बताए। उनले कमिसनको सेटिङमा पेट्रोलियम पदार्थको आयात गर्न निजी क्षेत्रलाई दिइन लागेको भन्दै यसबारे जवाफ दिन सरकारसँग माग गरे।

‘आयल निगमले गरेको पेट्रोलियम पदार्थको आयातको कामलाई निजी क्षेत्रलाई दिने काम असाध्यै ठूलो कमिसनको सेटिङमा आधारित छ भनेर मान्छेहरूले व्यापक रूपमा बजारमा भनिरहेका छन्। यसको जवाफ के छ ? म मन्त्रीज्यूसँग र सरकारसँग सोध्न चाहन्छु– के कारणले तपाईंहरूले यसमा नियन्त्रण गर्नका लागि भरपर्दो उपायहरू अपनाइरहनुभएको छैन ?’

सुझावित समाचार