अपहरणपछि किशाेरीको बलात्कार, ६ जना पक्राउ

बिहिबार, १९ जेठ, २०७९
डिजिटल संस्करण

कपिलवस्तुको वाणगंगा नगरपालिकामा बालिकाको अपहरणपछि बलात्कार गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। वाणगंगा– १० पटनाकी १७ वर्षीया बालिकाको अपहरणपछि बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ६ जनालाई पक्राउ गरेको हो।

मंगलबार राति ११ बजे सांस्कृतिक कार्यक्रम हेरेर घर फर्कँदै गर्दा बालिका अपहरणमा परेकी थिइन्। रुपन्देही कञ्चन गाउँपालिकाका युवाहरूले मोटरसाइकल र स्कुटरको प्रयोग गरी अपहरण गरेको सूचनापछि रातिदेखि प्रहरीले खोजतलास सुरु गरेको थियो। 

अपहरणपछि कञ्चन गाउँपालिका– ३ मा बालिकाको बलात्कार भएको बताइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक जेसी शाहले बुधबार ३ बजे घटनामा संलग्न ६ जनालाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ पर्नेहरूमा कञ्चन गाउँपालिका– ५ का नीरज कार्की, वडा नं. ४ का राहुल सिँजाली, सुलभ केसी, वडा नं. ३ का लक्ष्मण रसाइली, अमित कँडेल र गौरव थापा रहेका छन्।

सुझावित समाचार