मस्को मिसनबाट कूटनीतिज्ञहरूलाई निष्कासन गरेकोमा इयूद्वारा निन्दा

शनिबार, ३ बैशाख, २०७९
डिजिटल संस्करण

युरोपेली संघ (इयू)ले शुक्रबार मस्कोमा रहेको कूटनीतिक नियोगबाट आफ्ना कूटनीतिज्ञहरूलाई निष्कासन गरेको कदमलाई 'विशुद्ध प्रतिशोधात्मक कदम' भन्दै निन्दा गरेको छ।

'रुसी संघमा भएका युरोपेली संघका प्रतिनिधिमण्डलका १८ सदस्यलाई निष्कासन गर्ने रुसको अनुचित र आधारहीन निर्णयको युरोपेली संघ निन्दा गर्दछ। इयू कूटनीतिज्ञहरूले कूटनीतिक सम्बन्धमा भियना कन्भेन्सनको ढाँचामा र पूर्ण सम्मानमा आफ्ना कार्य अभ्यास गर्छन्। रुसी अधिकारीहरूको शुक्रबारको निर्णयलाई विशुद्ध प्रतिशोधात्मक कदमभन्दा बाहिरको कुनै आधार छैन,' युरोपेली बाह्य कार्य सेवाले एक विज्ञप्तिमा भनेको छ।

विभिन्न इयू देशहरूबाट सयौँ रुसी कूटनीतिज्ञहरूलाई निष्कासन गरिएपछि विशेष गरी सर्वसाधारणको हत्यापछि यो घटनाक्रम विकास भएको हो। रुसी कूटनीतिज्ञहरूलाई निष्कासन गर्ने देशहरूमा फ्रान्स, जर्मनी, इटाली, स्पेन, डेनमार्क, ग्रिस र नर्वे छन्।

गत फेब्रुअरीमा रुसले युक्रेनका डोनेस्क र लुहान्स्कलाई 'स्वतन्त्र गणतन्त्र'को रूपमा मान्यता दिएपछि युक्रेनमा आक्रमण सुरु भएको हो। जवाफमा पश्चिमी देशहरूले रुसका वित्तीय संस्थाहरूलाई लक्षित गर्दै व्यापक प्रतिबन्ध लगाएका छन्। रासस/एएनआई

सुझावित समाचार