सरकारले विश्व बैंकले दिने १५० मिलियन डलर सहुलियत ऋण स्वीकार गर्ने

शुक्रबार, २ बैशाख, २०७९
डिजिटल संस्करण
सरकारले विश्व बैंकले दिने १५० मिलियन डलर सहुलियत ऋण स्वीकार गर्ने

फाइल फाेटाे ।

सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १८ अर्ब रुपैयाँबराबरको सहुलियत ऋण सहायता लिने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो सहुलियत ऋण सहायता लिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने एक सय ५० मिलियन अमेरिकी डलर सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन्।

सुझावित समाचार