अमेरिकाले युक्रेनलाई ३० करोड डलरको थप सैन्य सहयोग उपलब्ध गराउने

शनिबार, १९ चैत, २०७८
डिजिटल संस्करण

संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहायता उपलब्ध गराउने यहाँको रक्षा विभाग डिओडीले जनाएको छ।

'युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभमार्फत डिओडीले युक्रेनको आत्मरक्षा गर्ने क्षमतालाई बलियो बनाउन ३० करोड डलरसम्मको सुरक्षा सहायता प्रदान गर्नेछ। यो निर्णयले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई आफ्नो रक्षा प्रयासको समर्थनमा संयुक्त राज्य अमेरिकाको अटल प्रतिबद्धतालाई जोड दिन्छ,' पेन्टागनका प्रेस सचिव जोन किर्बीले भने। रासस

सुझावित समाचार