तीन डिआइजी बढुवाविरुद्धको रिट सर्वाेच्चमा दर्ता

बिहिबार, १७ चैत, २०७८
डिजिटल संस्करण

नेपाल प्रहरीका तीनजना डिआइजी बढुवाको विरुद्धमा डिआइजी ईश्वरबाबु कार्कीले सर्वोच्चमा दिएको रिट निवेदन दर्ता भएको छ। सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार रिट दर्ता भएको र चैत २० गतेको लागि पेशी तोकिएको छ। 

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका तीनजना डिआइजीलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो। बढुवा हुनेमा  धीरजप्रताप सिंह, वसन्त पन्त र रवीन्द्रबहादुर धानुक रहेका छन्। सोहि विषयलाई लिएर डिआइजी कार्कीले सर्वोच्चमा रिट हालेका थिए। यसअघि बढुवाविरुद्धमा लोकसेवा आयोगमा समेत उजुरी परेको थियो। आयोगले एआइजी बढुवालाई सदर गरेपछि मन्त्रिपरिषद्ले बढुवा गर्ने निर्णय गरेको थियो।

सुझावित समाचार