युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी प्रतिनिधिमण्डलले रुससँगको नयाँ चरणको वार्तामा शान्ति खोजिरहेको बताएका छन्। ‘हाम्रो लक्ष्य स्पष्ट शान्ति र हाम्रो राज्यमा सकेसम्म चाँडो सामान्य जीवनको पुनर्स्थापना हो,’ जेलेन्स्कीकाे प्रेस सेवाले जनाएको छ।
वार्तामा अन्य शीर्ष प्राथमिकताहरूको रूपमा जेलेन्स्कीले युक्रेनको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र प्रभावकारी सुरक्षा ग्यारेन्टीलगायत विषय उठाएका छन्। आइतबार युक्रेनी प्रतिनिधिमण्डलका सदस्य डेभिड अरखामियाले युक्रेन र रुसबीचको अर्को चरणको वार्ता मार्च २८ देखि ३० सम्म टर्कीमा हुने बताएका छन्।
युक्रेनी र रुसी प्रतिनिधिमण्डलहरूले फेब्रुअरी २८ देखि बेलारुसमा व्यक्तिगत रूपमा तीन चरणको वार्ता गरेका छन्। चौथो चरण भिडियो कन्फरेन्सको ढाँचामा मार्च १४ मा सुरु भएको हो। रासस/सिन्ह्वा