रुसी नौसेनाका वरिष्ठ कमान्डर युक्रेनमा मारिए

सोमबार, ७ चैत, २०७८
डिजिटल संस्करण

रुसको ब्ल्याक सी फ्लिटका एक वरिष्ठ नौसेना कमान्डर युक्रेनमा मारिएका क्राइमिया प्रायद्वीपको बन्दरगाह सहर सेवास्टोपोलका गभर्नरले आइतबार पुष्टि गरेका छन्।

पूर्वी युक्रेनी बन्दरगाह सहर मारियुपोलमा लडाइँका क्रममा फ्लिटका डेपुटी कमान्डर पोस्ट–क्याप्टेन आन्द्रेई पालीको मृत्यु भएको हो। मिखाइल रजभोजायेभले मेसेजिङ एप टेलिग्राममा सो कुरा उल्लेख गरेका छन्। सेभास्टोपोल रुसको ब्ल्याक सी फ्लिटको आधार हो। रासस/एएनआई

सुझावित समाचार