रुसद्वारा युक्रेनमा फेरि हाइपरसोनिक मिसाइल प्रहार

आइतबार, ६ चैत, २०७८
डिजिटल संस्करण
रुसद्वारा युक्रेनमा फेरि हाइपरसोनिक मिसाइल प्रहार

फाइल तस्बिर : विजय दिवसमा सैन्य परेडका क्रममा मिसाइल बोकेका रूसी एमआइजी–३१ सुपरसोनिक इन्टरसेप्टर जेटहरू

रुसले आइतबार युक्रेनमा आफ्नो सबैभन्दा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको छ। युक्रेनको दक्षिणी भागमा  रहेको इन्धन भण्डारणस्थललाई रुसले ध्वस्त पारेको बताएको छ।

‘हाइपरसोनिक ब्यालिस्टिक मिसाइलहरूसहित किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले माइकोलाइभ क्षेत्रमा कोस्ट्यान्टिनिभकाको बस्तीनजिकै युक्रेनी सशस्त्र बलहरूको इन्धन र स्नेहकहरूका लागि ठूलो भण्डारण स्थल नष्ट गर्याे,’ रूसी रक्षा मन्त्रालयले  उल्लेख गरेको छ। रासस/एएफपी

सुझावित समाचार