कांग्रेसले निर्वाचनमा गठबन्धन गर्न नहुनेबारे नेता रिजालका दुई तर्क

बुधबार, २ चैत, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले कांग्रेसले निर्वाचनमा गठबन्धन गर्न नहुने तर्क गरेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमार्फत दुई कारणसहित यस्तो तर्क गरेका हुन्। उनले  सधैँ रूखमा मतदान गर्नेले अरू चिह्नमा मतदान नगर्ने र पहिले कहिल्यै  रूख चिह्नमा मतदान नगरेका मतदाताले  रूखमा मत नदिने तर्क गरेका छन्।  

त्यसैगरी महानगरपालिकाबाहेकका स्थानीय तहको टिकट वितरण गर्ने निर्णय स्थानीय तहमै हुने भन्ने पार्टी विधानको व्यवस्थाले पनि केन्द्रीय तहमै गठबन्धन बनाउने निर्णय गर्न कांग्रेसलाई अप्ठ्यारो पर्ने उनको तर्क छ । 

१. सधैँ रूखमा दिनेले अरूतिर र पहिले कहिले नदिएकाले पहिलोपटक अहिले रूखमा मत नदिने, र
२. महानगरबाहेक स्थानीय तहको टिकटको निर्णय स्थानीय तहमै हुने विधानको व्यवस्थाका कारणले पनि,
केन्द्रीय तहमै गठबन्धन बनाउने निर्णय गर्न काङ्ग्रेसलाई अप्ठ्यारो छ।

— Minendra Rijal (@MinendraRijal) March 16, 2022

सुझावित समाचार