तनहुँको व्यास नगरपालिका– ४ दमौलीस्थित मुख्य चोकमा लागेको आगो चार घन्टापछि नियन्त्रणमा आएको छ। भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगो चार घन्टाको प्रयासपछि नियन्त्रणमा आएको हो।
आज बिहान १० बजेदेखि आगलागी सुरु भएकामा अपराह्न २ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगलागीको यकिन क्षति प्राप्त नभइसकेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए। ‘हामी क्षतिको विवरण संकलन गर्दै छौँ, पछि यसबारेमा जानकारी गराउँछौँ,’ खड्काले भने।
आगलागीबाट चार–पाँच घरमा क्षति पुगेको छ। व्यास नगरपालिकाका साथै पोखराबाट आएको दमकल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ आफैँ चढेर आएको हेलिकाेप्टरले आगो निभाउन सहयोग पुगेको थियो। साँघुरो ठाउँ भएकाले दमकल छिराउन समस्या भएको थियो। पछि भूपाल हार्डवेयरसँगै रहेको टहरा डोजरले भत्काएर दमकल छिराइएको थियो।
सिम्रिक एयरको हेलिकाेप्टरले मादी नदीबाट पानी ओसार्दै आगो निभाउन सहयोग पुर्याएको थियो। हेलिकाेप्टरकै कारण आगलागी छिटो नियन्त्रणमा लिन सकिएको बताइएको छ। आगलागी नियन्त्रणका लागि चापाघाटस्थित कालीभञ्जन गण (इ), नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी लागिपरेका थिए। रासस
चार घन्टापछि आगलागी नियन्त्रणमा
गृह मन्त्रालयका ३८ कर्मचारीको सरुवा
३ हप्ता अघि
सुझावित समाचार
सर्वाेच्चमा चार न्यायाधीश थपिए, एक अझै रिक्त
काठमाडौं । सर्वोच्च अदालतमा चार न्यायाधीश थपिएका छन् । संसदीय सुनुवाइ समितिको शनिबार बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा…
संयुक्त राष्ट्रसंघका एआई विज्ञ नेपालमा
काठमाडौं । संयुक्त राष्ट्रसंघको डेटा गभर्नेन्स कार्यसमूहका सदस्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्…
दानबहादुर कार्कीको रिट अध्ययनकै क्रममा
काठमाडौं/ सरकारले प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरेपछि असन्तुष्ट बनेका …
आजका मुख्य १० खबर
एक वर्ष अवधि नपुगी प्रहरी नेतृत्वबाट हटाइए कार्की सरकारसँगको टकराव र अनेक विवादमा मुछिएपछि प्रहरी महानिरीक्षक दानबहादुर कार्क…
मीनेन्द्र रिजाल कसरी तानिए रिजाल क्यानिङ कम्पनीको जग्गा भ्रष्टाचारमा ?
काठमाडौं । नेपाली कांग्रेसका नेता मीनेन्द्रकुमार रिजाल ०६६ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारमा संघीय मामिला, संविध…
भक्तपुर मालपोतका नासुसँग साढे नौ करोड अकुत सम्पत्ति, भ्रष्टाचारसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर
काठमाडौं/ विभिन्न मालपोत कार्यालयमा बसेर अकुत कमाएको अभियोगमा अख्तियारले नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध भ्रष्टाचार र सम्पत्ति श…