अब हुम्लाको चंखेली गाउँपालिकाको आफ्नै एम्बुलेन्स

आइतबार, २२ फागुन, २०७८
डिजिटल संस्करण

हुम्लाको दक्षिणी भेगमा रहेको चंखेली गाउँपालिकाले आफ्नै एम्बुलेन्स ल्याएको छ। नेपालगन्ज, सुर्खेत र मुगु हुँदै सडक जोडिएसँगै गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको हो।

नागरिकलाई सेवा दिन एम्बुलेन्स खरिद गरी ल्याएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु शाहीले बताए। उनका अनुसार अब एम्बुलेन्सले सल्लीसल्ला–बाजुरा–सुर्खेत–नेपालगन्जसम्म सेवा दिनेछ। गाउँपालिकाभित्रका नागरिक बिरामी हुँदा नियमित सेवा दिने शाहीको भनाइ छ।

सुझावित समाचार