रुसद्वारा युक्रेनमा सैन्य कारबाहीको घोषणा, सहरमा हमला भएको युक्रेनको दाबी

बिहिबार, १२ फागुन, २०७८
डिजिटल संस्करण

दुई देशबीच जारी तनावबीच रुसले युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा सैन्य कारबाही सुरु गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

एक टेलिभिजनमार्फत् सम्बोधन गर्दै पुटिनले डोनबास क्षेत्रमा विशेष सैन्य कारबाही सुरु गरेकाे घाेषणा गरेका बीबीसीले जनाएको छ। युक्रेन कब्जा गर्ने रुसको योजना नभएको भन्दै पुटिनले रुसमाथि कुनै कदम चालिएमा तुरुन्तै प्रतिउत्तर दिने बताएका छन्।

रुसले कारबाहीको घोषणा गरेसँगै युक्रेनको सहरहरुमा विस्फोट भएको बताइएको छ। ‘शान्तिपूर्ण युक्रेनी सहरहरुमा आक्रमण भएको छ। यो आक्रामक युद्ध हो,’ युक्रेनी विदेश मन्त्री दिमित्राे कुलेबाले ट्वीटरमा लेखेका छन्। तर, रुसी रक्षा मन्त्रालयले भने सहरहरुमा आक्रमण गरेको भन्ने आरोप अस्विकार गरेको छ। युक्रेनको सैन्य संरचना, एअर फोर्स र एअर डिफेन्समा मात्र आक्रमण गरिएको उसको दाबी गरेको छ।
 

सुझावित समाचार