हुथी विद्रोहीले गरेको मिसाइल आक्रमणमा पाँचजनाको मृत्यु

आइतबार, ८ फागुन, २०७८
डिजिटल संस्करण
हुथी विद्रोहीले गरेको मिसाइल आक्रमणमा पाँचजनाको मृत्यु

फाइल फाेटाे ।

यमनको साबाह प्रान्तको एक सहरमा यहाँका हुथी विद्रोहीहरूले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा परेर कम्तीमा पाँचजनाको ज्यान गएको छ। सो सहरमा शनिबार हुथी विद्रोहीहरूले शक्तिशाली मिसाइल आक्रमण गरेका थिए।

एकजना प्रहरी अधिकारीले आफ्नो नाम नबताउने सर्तमा दिएको जानकारीअनुसार सो मिसाइल सहरको एक बस्तीमा खसेको र त्यसको विस्फोटबाट कम्तीमा पाँचजनाको ज्यान गएको हो। यस हिंसात्मक घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। रासस/सिन्ह्वा

सुझावित समाचार