माओवादी केन्द्रीय समिति बैठक फागुन ८ मा

मंगलबार, ३ फागुन, २०७८
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)ले यही फागुन ८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ। समसामयिक राजनीतिक विषय, पार्टी पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय सदस्यको मनोनयनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। 

माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक फागुन ८ र ९ गतेका लागि तय गरिएको छ। गत पुसमा आठौँ महाधिवेशन गरेको माओवादीले अध्यक्ष र केन्द्रीय समितिको संख्या निर्धारण गरे पनि पदाधिकारी चयन गरेको छैन। बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, स्थानीय तहको निर्वाचनलगायतका विषयमा समेत छलफल गर्ने कार्यसूची निर्धारण गरिएको बताइएको छ। रासस

सुझावित समाचार