भारतमा थप एक लाख ६१ हजार संक्रमित, १७ सयको मृत्यु

बुधबार, १९ माघ, २०७८
डिजिटल संस्करण

भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप एक लाख ६१ हजार तीन सय ८६ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाकै कारण एक हजार सात सय ३३ जनाको मृत्यु भएको छ ।   

भारतको संघीय स्वास्थ्य मन्त्रालयले पछिल्ला केही दिनदेखि दैनिक संक्रमित र मृतकहरूको संख्या निरन्तर घट्दै गइरहेको जनाएको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमितहरूको संख्या चार करोड १६ लाख ३० हजार आठ सय ८५ पुगेको छ । त्यसैगरी अहिलेसम्म कुल मृतकको संख्या चार लाख ९७ हजार नाै सय ७५ पुगेको पनि अधिकारीहरूले जानकारी दिएका छन् । 

एउटै अवधिमा नयाँ संक्रमितहरूको संख्याभन्दा संक्रमणमुक्त भएकाहरूको संख्या धेरै भएकाले सक्रिय संक्रमितहरूको संख्या घट्दै गइरहेको छ । भारतमा पछिल्लो एक दिनमा दुई लाख ८१ हजार एक सय नाैजना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । रासस
 

सुझावित समाचार