क्यानडाको राजधानी ओटावामा ट्रकचालकहरूले दोस्रो दिन पनि विरोध प्रदर्शन गरेका छन्। ट्रकचालकका लागि लागू गरिएका कतिपय नियमप्रति असन्तुष्टि जनाउँदै आएका उनीहरूले ती नियमहरू खारेज गर्न माग गरेका छन्। अमेरिका र क्यानडाको सीमा पार गर्ने ट्रकचालकका लागि कोरोना भाइरसविरुद्धको खोप अनिवार्य गरिएकोप्रति ट्रकचालकको सबैभन्दा धेरै असन्तुष्टि देखिएको छ। उनीहरू झन्डै एक लाख २० हजार रहेको र तीमध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेको तथ्यांक देखाइएको छ।
राजधानी ओटावामा स्वतन्त्रताका लागि भन्दै आयोजना गरिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारी सहभागी भएका छन्। ट्रकचालकहरूले क्यानडाको संसद् भवन वरपरका सडकमा ट्रक राखेर यातायात सेवा अवरुद्ध पारेका छन्। प्रहरीले भने प्रदर्शनकारीले राजधानी सहरमा गलत कार्य गरेको भन्दै त्यस्तो नगर्न आग्रह गरेको छ। सीमा वारपार गर्न खोप अनिवार्य गरिएको विरोधमा सुरु भएको आन्दोलनमा अहिले अन्य मागहरू पनि थपिएको आन्दोलनकारीहरूले बताएका छन्। एएनआई
ट्रकचालकहरूद्वारा क्यानडामा प्रदर्शन, भ्याक्सिन अनिवार्य गरिएकोमा आपत्ति
केयर स्टारमरले सांसद पदबाट पनि राजीनामा दिने
४ हप्ता अघि
सुझावित समाचार
दिल्लीमा सरकारविरुद्धको प्रदर्शन जारी
नयाँदिल्ली/ भारतमा मतदाता नामावलीमा भएको विवादित फेरबदलविरुद्ध आइतबार पनि सरकारविरुद्ध विद्यार्थी प्रदर्शन भएको छ । प्रमुख निर्व…
स्पेन मध्यावधि चुनावतिर !
देशमा देखिएको आवास संकट समाधान गर्ने उपाय समेटिएको दुई विधेयकलाई सांसदका दक्षिणपन्थी सांसदहरूले अस्वीकृत गरिदिएपछि स्पेनभर ह…
किन बारम्बार भंग हुन्छ गाजा शान्ति–सम्झौता ?
संलग्न पक्षधरहरूलाई कसरी जवाफदेही बनाउने भन्ने विषय सम्झौतामा स्पष्ट उल्लेख नहुँदा अधिकांश सम्झौता विफल भएका छन्
इतिहासमा आज (अक्टोबर ४)
सन् १९५७ : सोभियत संघले विश्वको पहिलो कृत्रिम भूउपग्रह ‘स्पुतनिक प्रथम’ प्रक्षेपण गर्‍यो सन् १५३५ : अंग्र…
मतदाता नामावलीमा फेरबदलविरुद्ध विद्यार्थीको प्रदर्शन
नयाँदिल्ली/ भारतमा मतदाता नामावलीमा भएको विवादित फेरबदलविरुद्ध शनिबार पनि सरकारविरुद्ध विद्यार्थी प्रदर्शन जारी रह्यो । प्रमुख न…
इतिहासमा आज
सन् १९३८ : जर्मनी, संयुक्त अधिराज्य, फ्रान्स र इटली चेकोस्लोभाकियाको जर्मनभाषी क्षेत्र सुडेटेनल्यान्ड जर्मनीलाई सुम्पन तयार भए । सोही…