क्षेत्रीय स्थायित्वका लागि इरानले टर्कीसँग सहकार्य गर्ने

आइतबार, ९ माघ, २०७८
डिजिटल संस्करण

इरानका राष्ट्रपति इब्राहिम रायसीले टर्कीसँग क्षेत्रीय स्थायित्वका लागि सम्बन्ध र सहयोगलाई सुदृढ गर्ने वाचा गरेकाे इरानको राष्ट्रपति कार्यालयको वेबसाइटमा उल्लेख गरिएको छ। ‘इरानको टर्कीसँग सम्बन्ध र सहयोगको दीर्घकालीन र व्यापक दृष्टिकोण छ र हामी टर्कीसँग रणनीतिक सहयोगको योजनालाई स्वागत गर्दछौँ,’ टर्कीका समकक्षी रेसेप तैयप एर्दोगानसँगको फोन वार्तामा रायसीले भने।

राईसीले यस क्षेत्रको दीर्घकालीन सुरक्षा र स्थायित्वका लागि देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्। एर्दोगानले आफ्ना पक्षका लागि टर्कीले सुदृढ पार्न विविध आर्थिक सहयोगको सूची तयार गरेको बताएका छन्।

टर्कीका राष्ट्रपतिले इरानले टर्कीलाई ऊर्जाको निरन्तर आपूर्तिमा जोड दिँदै टर्कीले इरानलाई भरपर्दो ऊर्जा आपूर्तिकर्ता मानेको र त्यससँग सहकार्य बढाउन खोजेकोसमेत बताएका छन्। सो अवसरमा एर्दोगानले क्षेत्रीय सुरक्षा सुनिश्चित गर्न इरानसँग आफ्नो देशको सहयोगको महत्त्वमा पनि जोड दिएका बताइएको छ। रासस/एएनआई/सिन्ह्वा

सुझावित समाचार