मन्त्री यादवको अभिव्यक्ति राजनीतिक मर्यादाविपरीत : प्रदीप पौडेल

शनिबार, ८ माघ, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको अभिव्यक्ति राजनीतिक मर्यादाविपरीत रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत शनिबार पौडेललले मन्त्री यादवको अभिव्यक्तिप्रति यस्तो प्रतिक्रिया जनाएका हुन् । नेता पौडेलले फरक मत राख्ने अधिकार सबैलाई भएको उल्लेख गर्दै मन्त्री यादवको अभिव्यक्ति पदीय मर्यादाविपरीत भएको टिप्पणी गरेका छन् । 

‘मन्त्री यादवको अभिव्यक्ति राजनीतिक मर्यादाविपरीत छ। फरक मत र विचार राख्ने अधिकार सबैलाई हुन्छ, तर शैली मर्यादित हुनुपर्छ। हिंसालाई प्रोत्साहन दिने, द्वन्द निम्त्याउने अभिव्यक्ति सामाजिक र कानुनी रूपमा अपराध हुन् । अझ जिम्मेवार व्यक्तिबाट यस्ता अभिव्यक्ति आउनु पदीय मर्यादाविपरीत हो’, पौडेलले ट्विटरमा लेखेका छन् । 

मन्त्री यादवले रौतहटमा एक सार्वजनिक कार्यक्रममै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको ज्यान लिने धम्की दिएपछि उनको चर्को आलोचना हुँदै आएको छ । मन्त्री यादवले माघ ५ गते गौरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत)को नाम लिएर राउतलाई गौर हत्याकाण्ड जसरी नै घेरा हाली ज्यान लिने धम्की दिएकी थिइन्।

सुझावित समाचार