कजाकिस्तानबाट १८ वटा रुसी विमानले ‘सिएसटिओ’ का सैनिकलाई फिर्ता लैजाने

शनिबार, १ माघ, २०७८
डिजिटल संस्करण

कम्तीमा १८ विमानहरूले शनिबार सामूहिक सुरक्षा सन्धि संगठन (सिएसटिओ) मिसनका रूसी शान्ति सैनिकहरू र सैन्य सवारीसाधनहरू रुसको मस्को क्षेत्र र इभानु क्षेत्रमा पठाउने रुसी रक्षा मन्त्रालयले जनाएको छ। 

आज १५ –७६ र तीन एन–१२४ रूसी सैन्य यातायात विमानहरूले इभानोभो र मस्को क्षेत्रका एयरफिल्डहरूमा सिएसटिओका सामूहिक शान्ति सेनाका कार्यहरू पूरा गर्ने एयरबोर्न इकाइहरूको कर्मचारी र सवारीसाधनहरू पठाउने मन्त्रालयले जनाएको छ ।

काजकिस्तानमा गत जनवरी २ देखि सुरु भएको सरकारविरोधी प्रदर्शनलाई नियन्त्रणमा लिन काजकिस्तानका राष्ट्रपति कासिम जोमार्त तोकाएभको आग्रहमा रसियाको नेतृत्वमा सिएसटिओका सेनाहरू जनवरी ६ मा काजकिस्तान गएका थिए । 
 

सुझावित समाचार