बेलायतमा आइसोलेसनको समय पाँच दिन मात्र

शुक्रबार, ३० पुष, २०७८
डिजिटल संस्करण

बेलायतमा कुनै नागरिक कोभिड संक्रमित भएपछि बस्नुपर्ने सेल्फ आइसोलेसनको समय पाँच दिनमा छोट्याइएको छ । यसअघि सात दिन रहेकामा त्यसमा कटौती गरेर कोभिड पजिटिभ देखिएको व्यक्तिले अब सेल्फ आइसोलेसनमा पाँच दिन मात्र बसे पुग्ने भएको छ ।

बेलायतका स्वास्थ्य अधिकारीहरूको परामर्शमा सरकारले सो समयमा कटौती गरेको बेलायतका स्वास्थ्यमन्त्री सजिद जाभिदले बताएका छन्। उनका अनुसार बेलायतका नागरिकमा आगामी सोमबारदेखि आइसोलेसन समयसम्बन्धी सो नियम लागू हुने भएको हो ।  छैटौँ दिनको बिहानसम्ममा कोभिड पजिटिभ देखिएका व्यक्ति आइसोलेसनबाट बाहिर निस्कन पाउने भएका हुन् । रासस 

सुझावित समाचार