भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ४७ हजारभन्दा बढीमा कोरोना संक्रमण

बिहिबार, २९ पुष, २०७८
डिजिटल संस्करण

भारतमा गत २४ घन्टामा कोरोना भाइरसबाट थप दुई लाख ४७ हजार चार सय १७ संक्रमित थपिएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले  बिहीबार जानकारी दिएको छ । हाल  पाँच हजार चार सय ८८ जना ओमिक्रोनका संक्रमित रहेका पनि सो मन्त्रा लयले बिहीबार जानकारी दिएको छ ।  

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या एघार लाख १७ हजार पाँच सय ३१ रहेका छन् । गएको २४ घन्टामा भारतमा  ८४ हजार आठ सय २५ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४७ लाख  १५ हजार तीन सय ६१ जनालाई कोरोना संक्रमण निको भएको छ । भारतमा कोरोना भाइरस निको हुने दर ९५.५९ प्रतिशत रहेको जनाइएको छ । 

सोही अवधिमा थप तीन सय ८० को कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या चार लाख ८५ हजार ३५ पुगेको मन्त्रालयले जनाएको छ । रासस

सुझावित समाचार