माओवादी राष्ट्रिय महाधिवेशन : बन्दसत्रमा समूहगत छलफलको प्रस्तुति जारी

बिहिबार, १५ पुष, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको पाँचौँ दिन तथा बन्दसत्रको चौथो दिनको कार्यक्रम जारी छ। महाधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेका वैचारिक तथा राजनीतिक दस्ताबेज र विधान मस्यौदामाथि समूहगत छलफलका निष्कर्षहरू प्रस्तुत गर्ने कार्यक्रमअन्तर्गत अहिलेसम्म पाँचवटा समूहका प्रमुखहरूले प्रस्तुति राखिसकेका छन्।

आजको बन्दसत्रमा सबैभन्दा पहिले सम्पर्क मञ्च प्रदेश कमिटीको तर्फबाट कृष्ण अधिकारीले समूहको प्रस्तुति राखे। सल्लाहकारहरूको समूह (क)को तर्फबाट चित्रबहादुर श्रेष्ठ, समूह १३ कर्णाली प्रदेशको तर्फबाट गोपाल शर्मा, उपत्यका विशेष प्रदेश समूहको तर्फबाट समूह प्रमुख जगत सिंखडा र समूह १६ सुदूरपश्चिम प्रदेशको तर्फबाट समूह प्रमुख मानबहादुर धामीले आफ्नो समूहको प्रस्तुति राखेका छन्।

यसैगरी, समूह २२ बागमती प्रदेशको तर्फबाट इन्द्रबहादुर थिङ छिन्ताङ, समूह ११ गण्डकी प्रदेशको तर्फबाट देवेन्द्र पराजुली, ज्येष्ठ कम्युनिस्ट मञ्चको समूहका तर्फबाट नन्दकुमार प्रसाईं र समूह ८ लुम्बिनी प्रदेशको तर्फबाट सुदर्शन बराल मगरले दस्ताबेज र विधान मस्यौदामाथिको छलफलको निष्कर्ष प्रस्तुत गरेका छन्।

महाधिवेशनको बन्दसत्रमा बुधबारबाट समूहगत प्रस्तुति राख्ने कार्यक्रम सुरु भएको थियो। बुधबार साँझसम्म ११ वटा समूहले प्रस्तुति राखेका थिए। दिउँसो २ बजेसम्म नाैवटा समूहले छलफलको निष्कर्ष प्रस्तुत गरिसकेका छन्। अब पाँचवटा समूहको प्रस्तुति बाँकी छ।

सुझावित समाचार