कांग्रेसको प्रदेश २ अधिवेशन : आज मनोनयन, भोलि निर्वाचन

मंगलबार, ६ पुष, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज मंगलबारदेखि प्रदेश २ को अधिवेशन सुरु भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आज उम्मेदवारी मनोनयन र मंगलबार निर्वाचनको कार्यतालिका रहेको छ।

प्रदेश २ का निर्वाचन अधिकृत प्रह्लाद गौतमका अनुसार मनोनयनअन्तर्गत बिहान ८ बजे मतदाता नामावली प्रकाशन तथा बिहान ११ बजेदेखि साढे ३ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ। यसअघि कांग्रेसले मंसिर १६ देखि १८ सम्म प्रदेश अधिवेशनको कार्यतालिका तय गरेको थियो। तर, प्रदेश २ मा विवादका कारण वडा तहदेखिका अधिवेशन रोकिएपछि स्थगित भएको थियो। 

प्रदेश २ मा रामकृष्ण यादव, महादेव यादव, रामसरोज यादव, अजय चौरासिया, कृष्ण यादव, महेन्द्र यादवलगायतका नेताहरूको नाम आकांक्षीका रूपमा चर्चा हुँदै आएको छ।

सुझावित समाचार