कांग्रेस सभापतिका उम्मेद्वारको लागि भएको मतदानको मतगणना जारी छ । अहिलेसम्म एक हजार नाै सय ६ मत गनिएको निर्वाचन आयोगले जनाएको छ ।
जसमा शेरबहादुर देउवाको नाै सय १२, शेखर कोइरालाको ६ सय ९४, प्रकाशमान सिंहको एक सय ५९, विमलेन्द्र निधिको ११२ र कल्याण गुरुङको ७ मत प्राप्त भएको छ । तीन वटै मतपेटिकाको मतपत्र मिक्स गरेर गणना गरिएको हो ।तीन ठाउँमा गणना भइरहेको छ।