रवीन्द्र मिश्रलाई मिलन पाण्डेले भने- मैले माफ गरे पनि इतिहासले गर्दैन (विज्ञप्तिसहित)

शुक्रबार, २४ मंसिर, २०७८
डिजिटल संस्करण

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले  रवीन्द्र मिश्रलाई मैले माफ गरे पनि इतिहासले नगर्ने बताएका छन् ।पार्टी एकीकरणको वर्षगाँठमा शुभकामना व्यक्त गर्दै पाण्डेले सुसंस्कृत राजनीति बेइमानीको जगमा टिक्न नसक्ने भन्दै रवीन्द्र मिश्रलगायत सबैलाई एकचोटी फुटेर निकै कठिन प्रयत्नका साथ एकीकरण गरेको पार्टीप्रति इमानदार हुन अपिल गरे।

‘सुसंस्कृत राजनीति बेइमानीको जगमा टिक्न सक्दैन। तसर्थ, म रवीन्द्रजीलगायत सबै साथीहरूलाई एकचोटी फुटेर निकै कठिन प्रयत्नका साथ पुनः माफी मागेर एकीकरण गरेको हाम्रो पार्टीप्रति इमानदार हुन पुनः अपिल गर्दछु,’ उनले भने । 

उनले थपेका छन्, ‘विवेकशील साझा पार्टी अगाडि बढ्ने क्रममा इतिहासमा कुनै दिन यो घटना गौण बन्ला र हामीले यो घटना बिर्सेर वैकल्पिक राजनीतिको हत्या गर्न खोज्नेहरूलाई माफी पनि दिउँला तर इतिहासले भने यो महत्वपूर्ण राष्ट्रिय समयमा हजारौँ युवाको आशाको हत्या गर्नेहरूलाई माफी दिनेछैन।’ 

सुझावित समाचार