उम्मेदवारी घोषणा गर्नेहरूले निर्वाचनसम्म फिर्ता लिन्छन् : एमाले नेता महासेठ (भिडियोसहित)

मंगलबार, ७ मंसिर, २०७८
डिजिटल संस्करण

नेकपा (एमाले)का नेता रघुवीर महासेठले उम्मेदवारी घोषणा गर्नेहरूले निर्वाचनसम्म उम्मेदवारी फिर्ता लिने बताएका छन्। मंगलबार पार्टीको स्थायी कमिटी बैठकका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता महासेठले यस्तो दाबी गरेका हुन्।

८० प्रतिशत बढी प्रतिनिधि सहमतिको पक्षमा रहेका दाबी गर्दै उनले उम्मेदवारी घोषणा गर्न प्रेरित गर्नेहरूकै प्रस्तावमा उम्मेदवारी फिर्ता हुने बताए। उनले भने, ‘जुन साथीहरूले अहिले उम्मेदवारी घोषणा गर्नुभएको छ, मलाई विश्वास छ, निर्वाचनको समयसम्म उहाँहरू आफ्नो उम्मेदवारी फिर्ता लिनुहुन्छ। किनकि जुन प्रतिनिधिको भरमा उहाँहरूले उम्मेदवारी घोषणा गर्नुभएको छ, त्यही प्रतिनिधिको अनुरोधमा उहाँहरूले फिर्ता लिनुहुन्छ।’

केही नेताहरूले आवेशमा आएर उम्मेदवारी घोषणा गरेको टिप्पणी गर्दै उनले एमालेको नेतृत्व सहमतिमै चयन हुने दाबी दोहोर्याए।

सुझावित समाचार