राष्ट्रिय झण्डा दुरुपयोग गरेर बिचौलियाहरू बार आन्दोलनविरुद्ध आए : अध्यक्ष श्रेष्ठ

आइतबार, २८ कार्तिक, २०७८
डिजिटल संस्करण

नेपाल बार एसाेसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारको आन्दोलनविरुद्ध बिचौलियाहरू सक्रिय भएकाे बताएका छन्। बारको आह्वानमा जारी धर्नापछि बोल्दै बार अध्यक्ष श्रेष्ठले राष्ट्रिय झण्डा दुरुपयोग गरेर आन्दोलनविरुद्ध बिचौलियाहरू सक्रिय भएको बताएका हुन्।

‘राष्ट्रिय झण्डा दुरुपयोग गरेर बिचौलियाहरू बार आन्दोलनविरुद्ध आए,’ श्रेष्ठले भने, ‘अब दोस्रो अध्यायको आन्दोलनमा जान्छौं।’ उनले न्याय किनबेच गर्ने प्रधानन्यायाधीश बहिर्गमन नभएसम्म न्यायालयमा सुधार नहुने भन्दै जति ढिला भयो त्यति समस्या बढ्ने चेतावनी दिए।

धर्नापछिको कार्यक्रममा बोल्दै सर्वोच्च बारका पूर्वसचिव मेघराज पोखरेलले जबरालाई राजनीतिक बिचौलिया बनेको आरोप लगाए। उनले जबरा गुन्डाका नाइके भएको पुष्टि भएको भन्दै न्यापालिकाको नेतृत्व गर्ने नैतिक आधारसमेत गुमाइसकेको बताए।

‘प्रधानन्यायाधीश गुन्डाका नाइके हुन भन्ने आज देखियो। बिचौलियाको नाइकेले कुन नैतिकताका आधारमा न्यायपालिकाको  नेतृत्व गर्ने ? जबरा राजनीतिक बिचौलिया हुन्। अब एक मिनेट पनि बस्ने अधिकार छैन,’ पोखरेलले भने।

सुझावित समाचार