नेपाल बार एसाेसिएसनका पूर्वअध्यक्ष हरिहर दाहालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्मानजनक बहिर्गमनका लागि अझै समय रहेको बताएका छन्। जबराको राजीनामा माग गर्दै बारले आयोजना गरेको धर्नापछिको कार्यक्रममा बोल्दै बारका पूर्वअध्यक्ष दाहालले यस्तो बताएका हुन्।
जबराले पदबाट राजीनामा नदिएसम्म विरोध जारी रहने बताउँदै उनले राजीनामा नदिए अन्य बाटोबाट पदच्युत गर्ने चेतावनी दिए। ‘बारले गन्तव्य नभेटेसम्म कार्यक्रम निरन्तरत राख्छ,’ बारका पूर्वअध्यक्ष दाहालले भने, ‘अझै सम्मानजनक बहिर्गमनको समय छ।’ प्रधानन्यायाधीशको राजीनामाको विषयमा सरकार मौन रहेको विषयमा असन्तुष्टि राख्दै उनले सरकारको अकर्मण्यताविरुद्ध पनि आन्दोलनको अवस्था आउन सक्ने चेतावनी दिएका छन्।