काठमाडौंमा छठ पर्वको तयारी

आइतबार, २१ कार्तिक, २०७८
डिजिटल संस्करण
काठमाडौंमा छठ पर्वको तयारी

फाइल तस्बिर

मिथिलाञ्चलमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी काठमाडौंमा पनि सुरु गरिएको छ । विशेष गरी तराईका जिल्लाहरूमा मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा समेत मनाउन थालिएको छ । 

काठमाडौंको गौरीघाटमा छठी माताको पूजाका लागि छठघाट निर्माणको काम भइरहेको छ । छठ पूजा समिति कार्यालयको स्थापना गरेर त्यसको निर्माण कार्यलाई तीव्रता दिइएको हो । 

काठमाडौंको रानीपोखरी र कमलपोखरीमा भने छठ पर्व नमनाइने भएको छ । निर्माण कार्यले पूर्णता नपाएकाले कमलपोखरीमा छठ पर्व यसवर्ष मनाइनेछैन । तर, गहनापोखरी, नागपोखरी, बागमती नदी किनारामा भने छठी माताको पूजा गर्न सरसफाइ गर्न थालिएको छ । 

पहाडी जिल्लाहरूका कतिपय नदी किनारा र पोखरीहरूमा पनि छठ मनाउने गरी तयारी थालिएको छ । ४ दिनसम्म विशेष रूपमा मनाइने यो पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुन्छ । 

व्रतालुहरूले पर्व सुरु हुन एक दिनअघि नै उसिनिएको धानको चामल, कोदो, माछामासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुद्ध मानिएका खाद्यवस्तुहरू नखाने चलन छ । यो विधिलाई ‘अरबा–अरबाइन’ भनिन्छ ।

आइतबार ‘अरबा–अरबाइन’ गरेका व्रतालुहरूले सोमबार अर्थात् चौथी तिथिमा ‘नहाय–खाय’ र पञ्चमी तिथिका दिन राति एक छाक मात्र अलिनो खानेकुरा खाएर खरना विधि सम्पन्न गर्दछ । पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पर्व समापन गरिने परम्परा छ ।

See More On

सुझावित समाचार