बेमौसमी वर्षाका कारण धानबालीमा क्षति व्यहोरेका किसानलाई सरकारले राहत दिने

बिहिबार, ११ कार्तिक, २०७८
डिजिटल संस्करण

बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएका किसानलाई सरकारले राहत दिने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले किसानलाई क्षति मूल्यांकन गरेर राहत दिने निर्णय गरेको हो। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाका अनुसार किसानलाई सरकारले ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ। 
१० कठ्ठाभन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशत, ३ बिघासम्म जग्गा भएका किसानलाई ३० प्रतिशत र ३ बिघाभन्दा कममा खेती गरेका किसानलाई क्षतिको २० प्रतिशत राहत दिने निर्णय भएको हो। सरकारले धानबालीमा भएको क्षतिबारे अध्ययन गर्न गृहसचिव टेकनारायण पाण्डेको संयोजकत्वमा समिति गठनसमेत गरेको थियो। 

सुझावित समाचार