‘क्षेत्रफल बढाएर विमानस्थल’

बिहिबार, ११ कार्तिक, २०७८
डिजिटल संस्करण

कञ्चनपुरको मझगाउँ विमानस्थलको क्षेत्रफल बढाएर भए पनि सुचारु गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले (मगर)ले प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार मझगाउँ विमानस्थलको अवलोकन गर्दै पर्यटनमन्त्री आलेले दक्षिणतर्फ सेनाको ब्यारेकसम्म पाँच सय मिटर क्षेत्र विस्तार गरेर सञ्चालन गर्ने बताएका हुन् ।

‘टेन्डर भयो, ठेकेदारले काम सुरु गरेको छैन, ‘उनले भने, ‘काठमाडौं फर्किएलगत्तै सम्झौता गराएर काम अघि बढाउँछु ।’  धनगढी विमानस्थल क्षेत्रीयस्तरको बनाउने जानकारी दिँदै उनले मझगाउँ विमानस्थलसमेत सञ्चालनमा ल्याइने बताएका हुन् । बजेटका कारण विमानस्थल बनाउन ढिलाइ भएको उनको भनाइ छ । 

सुझावित समाचार