गृह मन्त्रालयले भन्यो– पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएकालाई भाडामा बस्न नदिनू, काममा नलगाउनू

सोमबार, ८ कार्तिक, २०७८
डिजिटल संस्करण

गृह मन्त्रालयले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएकालाई घर, अपार्टमेन्ट, फ्ल्याट वा कोठा भाडामा नदिन आग्रह गरेको छ । आधिकारिक परिचयपत्र नभएकालाई कामकाजमा समेत नलगाउन मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेर अनुरोध गरेको छ । 

कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बुझिएको मन्त्रालयले बताएको छ । कोही पहिचान नखुलेका विदेशी नागरिक देखिए वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गरिदिन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

सुझावित समाचार