महानगरका सरसफाइकर्मीलाई खाद्यान्न र स्वच्छता सामग्री वितरण

शुक्रबार, १८ भदौ, २०७८
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाअन्तर्गत कार्यरत सरसफाइकर्मीहरूलाई खाद्यान्न र स्वच्छता किट वितरण गरिएको छ। विभिन्न सामाजिक संघसंस्थाको सहयोगमा दुई सय सरसफाइकर्मीका परिवारलाई खाद्यान्न र स्वच्छता सामग्री सहयोग गरिएको हो।

एक कार्यक्रमबीच सामाजिक गुथि, क्यालिगरी नेप्लिज कम्युनिटी एसोसिएसन क्यानडा र कोभिड– १९  र्यापिड एक्सन टास्क फोर्सले संयुक्त रूपमा खाद्यान्न र स्वच्छता सामग्री सहयोग गरेको हो।

गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले कोरोना संक्रमणको जोखिम मोलेर खटिएका सरसफाइकर्मीलाई सहयोगस्वरूप खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको जानकारी दिए।

सुझावित समाचार