पहिराेमा परेर तीनकाे मृत्यु, एक बेपत्ता

बिहिबार, १७ भदौ, २०७८
डिजिटल संस्करण

अविरल वर्षासँगै आएकाे पहिराेमा परेर पोखरामा तीनजनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् । चारजना घाइते छन् । लगातारको वर्षापछि गएराति आएको पहिराेले घर पुरिँदा पोखरा महानगरपालिका– २० भलाममा दुईजनाको मृत्यु भएको हाे ।

मृत्यु हुनेमा घरधनी ४५ वर्षका कृष्ण श्रेष्ठ र उनकी श्रीमती ३५ वर्षीया सुनमाया तामाङ छन् । पहिराेमा परी उनका तीन वर्षीय छोरा सन्तोष बेपत्ता छन् भने घाइते आठ वर्षीय राजकुमारको मणिपाल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुभास हमालले जानकारी दिए । 

त्यसैगरी, पोखरा– ११ भञ्ज्याङ नमुना टोलमा पहिराेले घर परिँदा घाइते ४२ वर्षीय लक्ष्य नेपालीको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिराेमा परी घाइते भएका दुईजनाको उक्त अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार पोखरा– ११ काहुँमा पहिराेले घर पुरिँदा एकैघ रका तीनजना घाइते भएका छन् । अहिले घटनास्थलमा स्थानीय बासिन्दा, प्रहरी र विभिन्न संघसंस्थाको सहयोगमा उद्धार कार्य भइरहेको छ ।     

 

See More On

सुझावित समाचार