पहिराेमा पुरिएर एकको मृत्यु, तीन घाइते

बुधबार, १६ भदौ, २०७८
डिजिटल संस्करण

अर्घाखाँचीको पाणिनी गाउँपालिका– ७ अडगुरीमा पहिराेमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा जीवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार मंगलबार साँझ घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर पुरिँदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको र  अन्य तीनजना घाइते भएका थिए । घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य  रहेको जनाइएको छ ।
 

See More On

सुझावित समाचार