माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो, लुम्बिनी प्रदेश सरकारलाई वैधानिक मान्यता नदिने

मंगलबार, २१ बैशाख, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रका उपलब्ध स्थायी कमिटी सदस्यको मंगलबार बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । 

स्थायी कमिटी सदस्य लीलामणि पोखरेलका अनुसार बुधबार संसद् सचिवालयलाई सरकारलाई समर्थन छैन भनेर लिखित जानकारी दिने निर्णय भएको छ । 

यस्तै, बैठकले लुम्बिनी प्रदेश सरकारलाई  वैधानिक मान्यता नदिने  निर्णय पनि  गरेको छ ।
 

सुझावित समाचार