पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्य सुधारोन्मुख, केही दिन चिकित्सकको निगरानीमा अस्पतालमै बस्ने

सोमबार, २० बैशाख, २०७८
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको स्वास्थ्य सुधारोन्मुख भएको छ । गत शुक्रबार पेटको न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गरेका भट्टराई  चिकित्सकको सल्लाहअनुसार केही दिन वीर अस्पतालमै रहने जनाइएको छ ।

शल्यक्रियापछि अहिले उनको स्वास्थ्यमा राम्रो सुधार भएको चिकित्सकहरूले बताएका छन् । उनी केही दिन चिकित्सकहरूको निगरानीमा वीर अस्पतालमै बस्ने प्रेस सल्लाहकार विश्वदीप पाण्डले जानकारी दिए । 
 

सुझावित समाचार