संसद्को अधिवेशन आह्वान गर्न सरकारको सिफारिस

आइतबार, १९ बैशाख, २०७८
डिजिटल संस्करण

सरकारले संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी २७ वैशाखमा  अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

१५ जेठमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि सरकारले नीति तथा कार्यक्रम ल्याउनेछ । 

ती मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिनेसमेत बैठकमा बताएका छन् ।

संसद् अधिवेशन आह्वान गर्ने निर्णय गरेलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीलतनिवास गएको पनि ती मन्त्रीले बताए ।

सुझावित समाचार