माओवादी सांसदले आधा महिनाको तलब कोरोना कोषमा जम्मा गर्ने

शुक्रबार, १७ बैशाख, २०७८
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा सांसदले आधा महिनाको तलब कोरोना महामारीविरुद्धको प्रतिकार्यका लागि प्रदेश विपत् कोषमा जम्मा गर्ने भएका छन् । माओवादी केन्द्र संसदीय दलको बिहीबार बसेको बैठकले आधा महिनाको तलब कोरोना महामारीविरुद्धको प्रतिकार्यका लागि प्रदेश विपत् कोषमा जम्मा गर्ने निर्णय गरेको हो । 

कोरोना महामारीविरुद्ध लड्नका लागि सांसदहरूको आधा महिनाको तलबलाई प्रदेश विपत् कोषमा जम्मा गर्ने निर्णय गरेको संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले बताइन् । ‘देश पूरै महामारीले आक्रान्त भएको वेला सबै नागरिक सचेत र सहज हुनुपर्ने वेला आएको छ,’ उनले भनिन्, ‘त्यसलाई प्रभावकारी प्रतिकार्य योजना बनाउनका लागि हाम्रा सांसदको आधा महिनाको तलब विपत् कोषमा जम्मा गर्ने निर्णय भएको छ ।’

बैठकले कोरोना भाइरसविरुद्धका प्रतिकार्यलाई सशक्त बनाउन माओवादी केन्द्रका सांसदले आफ्नो निर्वाचन क्षेत्रका प्रदेश सरकारमातहतका निकायहरू, स्थानीय तह, स्वास्थ्य संस्था तथा नागरिक संघसंस्थासँग आवश्यक समन्वय तथा अनुगमन गर्ने निर्णय भएको प्रमुख सचेतक नेपालीले जानकारी दिइन् ।
 

सुझावित समाचार