दीपक मनाङे बने गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री

बिहिबार, १६ बैशाख, २०७८
डिजिटल संस्करण

स्वतन्त्र सांसद दीपक मनाङे गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री बनेका छन् । मनाङेले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । 

विपक्षी दलहरूले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव ल्याएको अवस्थामा मन्त्रालय फुटाएर मनाङेलाई मन्त्री बनाइएको छ । सामाजिक विकास मन्त्रालय फुटाएर मनाङेलाई युवा तथा खेलकुदमन्त्री बनाइएको हो । 

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । बहुमत पु¥याउने प्रयासमा मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद मनाङेलाई मन्त्री बनाएका हुन् । 
 

सुझावित समाचार