उच्च वर्ग–जातिको अहंकारवाद र अन्धराष्ट्रवाद लाद्ने षड्यन्त्र भयो : प्रचण्ड

मंगलबार, ३ चैत, २०७७
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने षड्यन्त्र भएको बताएका छन् । राजधानीमा मंगलबार भएको सर्वपक्षीय अन्तर्संवाद तथा भेला कार्यक्रममा उनले नेपाललाई निरंकुश शासनतिर फर्काएर उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने षड्यन्त्र भएको बताएका हुन् । 

आफूहरूले जातीय अधिकार, समानता, आत्मसम्मान र स्वतन्त्रताको कुरा गर्दा जातिवादीको बिल्ला भिराएको उनको भनाइ छ । नेपालमा अन्धराष्ट्रवाद लाद्ने षड्यन्त्र भएको उनले बताए । उनले भने, ‘अस्ति प्रतिनिधिसभा विघटन गर्ने भनेर जुन कुरा केपी ओलीले प्रधानमन्त्रीको रूपमा गर्नुभयो, त्यो भयानक ठूलो षड्यन्त्र थियो । नेपालका आदिवासी, जनजातिका विरुद्ध, नेपालका सबै दलित, मधेसी, महिला सबैले पाएको त्यो अधिकार पनि खोस्ने र झन्डैझन्डै पहिलाको जस्तै निरंकुश शासनतिर नेपाललाई फर्काउने र उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने । हामीले अलि जातीय अधिकारको कुरा, समानताको कुरा, आत्मसम्मानको कुरा, स्वतन्त्रताको कुरा ग¥यो भने हामीलाई जातिवादीको बिल्ला भिराउने अनि आफूचाहिँ उच्च वर्ग, उच्चजातिको अहंकारवाद र अन्धराष्ट्रवाद लाद्ने षड्यन्त्र भएको छ ।’

प्रचण्डले उत्पीडित समुदायको अधिकार र पहिचान खोस्ने षड्यन्त्र भएको पनि बताए । प्राप्त अधिकारलाई खोस्न माओवादी आन्दोलन र प्रचण्डलाई प्रहारको निशाना बनाइएको प्रचण्डको भनाइ छ ।

See More On

सुझावित समाचार