पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष केपी ओलीसहितका नेताहरूसँगको वार्तापछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बानेश्वरस्थित एक होटेलमा भेला गरेको छ ।
भेलामा नेपाल समूहका केन्द्रीय सदस्य र सांसद सहभागी रहेको एक नेताले जानकारी दिए ।
नेपाल समूहले आगामी ४ र ५ चैतमा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।
ओलीसँगको वार्तामा नेपाल पक्षले २८ फागुनको निर्णय खारेज गर्न माग गरेको थियो । तर, ओलीले ठोस जवाफ दिएका थिएनन् ।
ओलीले राष्ट्रिय कार्यकर्ता भेला रोक्न आग्रह गरेका थिए ।