आठ वर्षीया सुस्तमनस्थितिकी बालिका बलात्कार आरोपमा ६६ वर्षीय वृद्धलाई मुद्दा

सोमबार, २ चैत, २०७७
डिजिटल संस्करण

सुस्तमनस्थिति भएकी  आठ वर्षीया बालिका बलात्कार आरोपमा प्रहरीले ६६ वर्षीय वृद्ध पक्राउ गरेर कसुर अनुसन्धान गर्न अदालतमा म्याद थप गराएको छ ।  

मोरङको रतुवामाई नगरपालिका– ४ का ६६ वर्षीया फौदीलाल मुखियालाई स्थानीय आठ वर्षीया बौद्धिक अपांगता भएकी बालिका बलात्कार आरोपमा इलाका प्रहरी सिजुवाले पक्राउ गरेर जबर्जस्ती करणी कसुर अनुसन्धान गर्न जिल्ला अदालत मोरङमा आइतबार म्याद थप गराएको हो ।  

प्रहरीका अनुसार वृद्ध फौदीलालले पशु चराउँदै गरेकी राम्ररी बोल्न नसक्ने आठ वर्षीया बालिकालाई  २८ फागुनमा मुख थुनेर बलात्कार गरेका थिए ।  सँगै पशु चराइरहेका साथीहरूले बालिकालाई बलात्कार गरेको देखेपछि घटना बाहिर आएको थियो । 

See More On

सुझावित समाचार