नेताहरूले गणतन्त्रलाई गाईजात्रा बनाए : कमल थापा

आइतबार, ९ फागुन, २०७७
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेताहरूले गणतन्त्रलाई गाईजात्रा बनाएको आरोप लगाएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर थापाले सडक प्रदर्शन गरी  दलका नेताहरूले अदालतलाई तर्साउने, धम्क्याउने काम गरेर गणतन्त्रलाई गाईजात्रा बनाएको आरोप लगाएका हुन् । 

प्रधानमन्त्रीले शनिबार विराटनगरबाट आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने चेतावनी दिनु, राष्ट्रपति र सरकारको निर्णयको उपराष्ट्रपतिद्वारा विरोध गर्नु र सभामुखद्वारा राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशविरुद्ध मुद्दा हाल्ने काम गर्नु गणतान्त्रिक देशमा गाईजात्रा भएको बताए । 

सुझावित समाचार